के विवाहको पहिलो रात मै सेक्स गर्नु आवश्यक छ?

अहिलेको सिजन नै विवाहको छ। र धेरैलाइ यो समयमा एउटै कुराले पिरोल्ने गर्छ कि विवाहको पहिलो रात मा यौन सम्पर्क गर्नै पर्ने हो या नगर्दा पनि हुन्छ?

 

अझ खास गरेर केटा भन्दा केटीहरुलाई यो प्रश्नले धेरै सताउने गर्दछ ।

 

त्यसैले हामी यहाँ के पहिलो रातमै सेक्स गर्नु आवश्यक छ या छैन भन्ने कुरामा चर्चा गर्देछौ ।

 

प्राय जसो केटीहरुलाई यो डर हुन्छ कि कतै श्रीमान्‌ले पहिलो रातमै यौन सम्बन्ध राख्न दवाब दिन्छन् कि ! अनि के विवाह भएको पहिलो रातमा नै यौन सम्पर्क हुनु आवश्यक छ? 

हुन त आजको यूगमा विवाहको पहिलो रात भने पनि त्यो रात सबैको लागि जिबनको पहिलो सहबास चाहि हुदैन ।

 

तर कतिपयको लागि भने विवाहको पहिलो रात पहिलो यौन सम्पर्क नै हुन्छ । त्यसैले त उनिहरुको मनमा डर र लाजले डेरा जमाएको हुन्छ ।

 

त्यो रात भनेको त एक अर्काको मन बूझ्ने रात हो । यदि केही बिगत ह्ह भने मन हलुका ग़राउने रात हो। यदि दुबै जना राजी छन् भने यौन सम्पर्क राख्दा हुन्छ ।

 

तर आफ्नो जीबनसाथि नयाँ छ र उसलाई सम्पर्क राख्न अफ्ठेरो लागेको छ भने जबरजस्ति गर्नु हुदैन । उसलाई खुल्न समय दिनुपर्छ ।

 

त्यसैले विवाह भएको पहिलो रातमा नै यौन सम्पर्क हुनु पर्छ भन्ने धारणा शत प्रतिशत गलत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *